सुजीको पुडिङ

आवश्यक सामग्री

दूध – ५ कप
चिनी – १०० ग्राम
सुजी – १०० ग्राम
अण्डा – १ वटा
टिनको चेरी – ३०० ग्राम
मिक्स फ्रुट जाम जेली – २ टेबल चम्चा
कागतीको बोक्रा – १–२ टुक्रा
नून – एक चिम्टी


विधि
एउटा भाँडोमा अण्डा फुटाएर पहेँलो र सेतो भाग छुटयाई अलग फिट्नुपर्छ । अर्को भाँडोमा दूध, नून, कागतीको बाहिरी बोक्रा, आधा (५० ग्राम) चिनी मिलाएर तातो गर्नुपर्छ । त्यसपछि यसमा अलि–अलि गरी सुजीको पीठो हालेर चलाउनुपर्छ । अनि पहिले फिटेको अण्डाको पहेँलो भाग मिलाउनुपर्छ । त्यसपछि अण्डाको सेतो भागलाई पनि सुजीको मिश्रणमा मिलाउनुपर्छ । त्यसपछि अर्को भाँडोमा चेरीको रस, र मिक्स जाम राखेर मधुरो आँचमा ५ मिनेट जति पकाउनुपर्छ ।

यति गरेपछि ओभनमा राख्ने भाँडोमा अगाडि तयार पारेको सुजीको मिश्रणको आधा भाग खन्याउनुपर्छ । यसको माथि अगाडि तयार पारेको चेरी र जामको मिश्रण पनि खन्याई फैलाउनुपर्छ । बाँकी रहेको आधा सुजीको मिश्रण माथिबाट हाल्नुपर्छ । त्यसपछि माथिबाट बाँकी रहेको चिनी छरेर अगाडि नै तातो पारेको ओभनमा हाल्नुपर्छ । चिनी खैरो भएपछि अर्थात् क्यारामेलाइज्ड भएपछि ओभनबाट निकाल्नुपर्छ । अब सुजीको पुडिङ ९क्झयष्लिब एगममष्लन० खानका लागि तयार भयो ।